Aamsanchar

रोट्र्याक्ट ३२९२ को अध्यक्ष–सचिव भेला सम्पन्न

Author Image
आइतवार, असोज ७, २०८०

रोट्र्याक्ट अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानको रोटा वर्ष २३९२४ को प्रथम अध्यक्ष–सचिवहरुको भेला विभिन्न महत्वपूर्ण निर्णय गर्दै भैरहवामा सम्पन्न भएको छ। देश भरिका १३१ क्लबहरूबाट आलेख्य सङ्ख्यामा रोट्र्याक्टर हरूको उत्साहजनक सहभागिता रहेको थियो।

संस्थाको नियमित वार्षिक कार्यतालिका अनुरूप सञ्चालन गरिएको कार्यक्रमलाई रोट्र्याक्ट क्लब अफ भैरहवाले होस्ट गरेको थियो। कार्यक्रमलाई उद्घाटन सत्र र बन्द सत्र गरी दुई चरणमा विभाजन गरिएको थियो। उद्घाटन सत्रमा लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले सम्बोधन गर्नुभएको थियो। बन्दसत्रमा भने विभिन्न प्रस्तावहरूमा छलफल भएको थियो।
उपस्थित अध्यक्ष र सचिवहरूले प्रस्तावहरूमा टिप्पणी गरी मतविभाजन मार्फत प्रस्तावहरूलाई पारित गरिएको थियो। कार्यक्रमलाई डिआरआर रो। रोशन कार्की, डिआरआर इलेक्ट विक्रम छेत्री, डिआरसी चीयर  नारायण कृष्ण खरेल, डिआरसी को चियर  सुशील कुमार कार्की, जिल्ला सचिव शुशान धिताल लगायतले सम्बोधन गर्नुभएको थियो।

भेलाले रोट्र्याक्टमा क्रियाशील सदस्यहरू बिच फेलोसिपको वातावरण सृजना गर्नुका साथै रोटरी इन्टरनेशनलद्वारा निर्दिष्ट गरिएका उद्देश्य तथा लक्ष्य प्राप्तीका लागि टेवा पुर्याएको डिस्ट्रिक्ट पब्लिक इमेज चियर  रमिन घिमिरेले जनाएका छन्।

संस्थाको अत्यन्तै महत्वपूर्ण मानिने आगामी कार्यक्रम जिल्ला सम्मेलन काठमाडौँको प्रज्ञा प्रतिष्ठान भावनामा आयोजना गरिने बताईएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 102

प्रतिक्रिया (०)

सम्बन्धित खबर