Aamsanchar

एसोसिएसन अफ नेपलिज इन द अमेरिकाजको नयाँ समिति गठन

Author Image
आइतवार, असोज ७, २०८०

उत्तर अमेरिकी सामाजिक संस्था एसोसिएसन अफ नेपलिज इन द अमेरिकाज (ए.एन.ए.)  २०२३/२०२६  का लागि खगेन्द्र अधिकारीको नेतृत्वमा कार्यसमिति चयन भएको छ।

अध्यक्ष खगेन्द्र अधिकारीको कार्यसमिति पदाधिकारीहरूमा बरिष्ठ उपाध्यक्षमा विजय श्रेष्ठ, उपाध्यक्षहरूमा सन्तोष दाहाल, इ. दीपक पौडेल ,बिनोद त्रिपाठी, क्रान्ति अर्याल भण्डारी, महासचिवमा  सिपिए लक्ष्मण प्रधान, कोषाध्यक्षमा विष्णु घिमिरे, सह सचिव कमल भट्टराई, सहकोषाध्यक्ष ऋषि ओझा, सञ्चार निर्देशक डा. टीका लम्साल, महिला संयोजक प्रिन्जिया ढुंगेल, युवा संयोजक इ. श्याम सेडाइलाई पदीय जिम्मेवारीहरू दिइएको छ ।

त्यसैगरी बोर्ड  निर्देशकमा प्रतिमा क्षेत्री,  निर्मला पन्थी ,अनिल राई , भानु शिवाकोटी, नेत्र अमागेन, दीपक भट्ट, सुभास कुमार – पुष्पकला खनाल, समिता राई , पार्वती शाह सिंह , लक्ष्मण अधिकारी ,मनिष पोखरेल, नारायण न्यौपाने, सुसन मानन्धरले जिम्मेवारी पाएका छन।

सल्लाहकारमा बासु शर्मा, भीम बीके, नेत्र घिसिङ, गोपी उप्रेती, विष्णुमाया उपाध्याय, वन्दिता शर्मा दाहाल, डा. उषा शर्मा,  अ. प्र. गीता मिश्रा झा, आकृति राई अधिकारी, प्रा. डा.  केशव भट्टराई, डा. अनुप  श्रीवास्तव, ई. कुलमणि आचार्य, मनोहर श्रेष्ठ, डा. रूद्र अर्याल, ई.राजु जोशी, मुकुन्द ढुंगाना, डा. दिनेश धरेल, डा. करुण किशोर कार्की, डा. गोविन्द दाहाल, डा। खेम दाहाल, चित्र प्रधान, तीर्थराज अधिकारी,  किरण पोख्रेल,  डोबा ढकाल, इ. केशव राज ज्ञवाली, गजेन्द्र राज अधिकारी, ईश्वर सिटौला,  राम प्रसाद ज्ञवाली रहेका छन्।

बोर्ड अफ ट्रसमा डा. शम्भु ढुङ्गाना ,डा. विद्या रञ्जित ,डा. अम्बिका प्रसाद अधिकारी, रोजर अधिकारी, ड्रोना रसौली, विजय राज भट्टराई, योगेन्द्र जोन्छी ,राजेन्द्र खतिवडा, यमुना भट्टराई रहेको अध्यक्ष खगेन्द्र अधिकारीले जानकारी दिए ।

ए.एन.ए. का अध्यक्ष अधिकारीले सम्पूर्ण उत्तर अमेरिकी मुलुक बाट संस्थाको विभिन्न ओदामा निर्वाचित पदाधिकारीहरूलाई बधाई व्यक्त गर्दै सफल कार्यकालको लागि शुभकामना व्यक्त गरेका छन् । यसै सिलसिलामा अध्यक्ष अधिकारीले सम्पूर्ण उत्तर अमेरिका बासी नेपाली समुदायहरूलाई मर्मस्पर्शी सामाजिक सेवाको उपलब्धिमूलक परिणाम प्राप्त गर्न सबैले एकजुट भएर नितान्त सहयोगी भावना बाट प्रेरित हुँदै आपसी सहमति बाट सार्वजनिक रुपमा साझा मान्यता राखेर यस कार्यसमिति अगाडि बढ्ने  जनाएका छन्।

१९८३ मा स्थापित एएनए ले अमेरिकामा रहेका नेपालीहरू बीच एकता र सद्भाव बढाउन, नेपाली पहिचान र संस्कृतिको संरक्षण गर्न र सफलताको लागि ज्ञान भएका व्यक्तिहरूलाई सशक्त बनाउन अथक प्रयास गर्दै आएको संस्था हो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 165

प्रतिक्रिया (०)

सम्बन्धित खबर