




काठमाडौं – राष्ट्रपतिको कार्यालयमा कार्यरत सहसचिव शेरजङ्ग कार्कीको निधन भएको छ। शुक्रबार बिहान राष्ट्रपति कार्यालय कानुन महाशाखाका सहसचिव कार्कीको निधन भएको हो।
उनलाई शुक्रबार बिहान सवा ७ बजे नर्भिक अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको अस्पतालले जनाएको छ। अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रका अनुसार अस्पताल ल्याउँदा सहसचिव कार्कीको मृत्यु भइसकेको थियो। अस्पताल ल्याउनेबित्तिकै उनलाई मृत घोषणा गरिएको थियो।
५२ वर्षीय कार्कीका श्रीमती, एक छोरा र एक छोरी छन्।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
1
+1
Views: 21