Aamsanchar

पक्राउ परे अभिनेता अनमोल केसी

Author Image
शुक्रवार, असोज १२, २०८०

काठमाडौं – अभिनेता अनमोल केसी पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अभिनेता केसीलाई भक्तपुरको साँगाबाट पक्राउ गरेको हो। कार्यालय प्रमुख एसएसपी सोमेन्द्र सिंह राठौरले केसी पक्राउ परेको पुष्टि गरे।

फिल्म सम्झौता गरेर नखेलेको भन्दै उनीविरुद्ध ´रावायण`का निर्माता सुप्रिया कटुवालले प्रहरीमा उजुरी दिएकी थिइन्। सोही उजुरीको आधारमा अभिनेता केसीलाई पक्राउ गरिएको एसएसपी राठौरले बताए। उक्त फिल्म सुदर्शन थापाले निर्देशन गर्दै थिए।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 107

प्रतिक्रिया (०)

सम्बन्धित खबर