Aamsanchar

माेरङमा बसकाे ठक्करबाट साईकल चालकको ज्यान गयाे

Author Image
आइतवार, असोज १४, २०८०

मोरङ-  मोरङको सुन्दरहरैचा नगरपालिका-४ मा बसले साईकल यात्रीलाई ठक्कर दिँदा साईकल चालकको मृत्यु भएको छ । आज(आईतवार ) बिहान पौने ५ बजेको समयमा पुर्वबाट पश्चिम तिर जाँदै गरेको को १ ख ६१६९ नम्बरको बसले सोही दिशा तर्फ जाँदै गरेका साईकल यात्री सुन्दरहरैचा नगरपालिका-५ का ५२ बर्षीय केदार थापालाई ठक्कर दिँदा घाईते भएका थिए । थापाको उपचारको क्रममा बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको तथा घटनामा संग्लग्ग बस चालक र बसलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 95

प्रतिक्रिया (०)

सम्बन्धित खबर