Aamsanchar

कांग्रेसको झापा जिल्ला सम्मेलन हुने

Author Image
आइतवार, असोज १४, २०८०

विर्तामोड  । नेपाली कांग्रेस झापाको आज सम्पन्न बैठकले आगामी असोज २० गते जिल्ला सम्मेलन गर्ने निर्णय गरेको छ ।
नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा सम्पन्न जिल्ला कार्यसमितिको बैठकले पार्टीका नेता कृष्णप्रसाद सिटौला,महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री उमाकान्त चौधरी र भिष्मराज आङ्देम्बे, कोशी प्रदेश सभापति एवं पूर्व मुख्यमन्त्री उद्वव थापालगायतको आतिथ्यमा जिल्ला सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको हो । जिल्ला सम्मेलन विर्तामोडस्थित पाथीभरा सिने प्लाजामा दिनको ११ बजेदेखि आयोजना हुनेछ ।

बैठकमा पार्टी सचिव कृष्ण हुमागाईले प्रस्तुत गर्नुभएको जिल्ला सम्मेलनमा प्रस्तुत गर्ने राजनीतिक एवं भावी कार्यक्रम समेटिएको प्रतिवेदनलाई संसोधनसहित पारित भएको छ ।

त्यसैगरी चाडबाडको मुखमा नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र एल।पी। ग्याँसमा गरेको मूल्यबृद्धि तत्काल फिर्ता लिन पनि बैठकले माग गरेको छ ।

बैठकले नेपाल मुस्लिम संघको तेस्रो महाधिवेशनबाट केन्द्रीय पदाधिकारी र सदस्यमा झापाबाट निर्वाचित सबैलाई हार्दिक बधाई ज्ञापन गरेको छ । बैठकमा सहभागीहरुले उठाएका जिज्ञाशा र प्रश्नहरुको जवाफ सभापति देउकुमार थेवे र उपसभापति केशवराज पाण्डेले जवाफ दिनुभएको थियो भने कोषाध्यक्ष जलकुमार गुरुङले आर्थिक योजनाका विषयमा जानकारी गराउनुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 85

प्रतिक्रिया (०)

सम्बन्धित खबर