Aamsanchar

अनमोल केसीलाई ३ दिन हिरासतमा राख्न अनुमति

Author Image
आइतवार, असोज १४, २०८०

काठमाडौँ – अभिनेता अनमोल केसीलाई अदालतले ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश कृष्ण प्रसाद सुवेदीले अनमोललाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन् ।आपराधिक विश्वासघात गरेको कसुरमा उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई शुक्रवार (असोज १२) मा पक्राउ गरेको थियो । पक्राउ गरेको दिनबाट आइतबार सम्म मात्र थुनामा राख्न अदालतले अनुमति दिएको हो । अनमोललाई पुन स् सोमबार अदालतमा उपस्थित गराउनुपर्छ ।

पक्राउपछि उनलाई महाराजगन्जस्थित चिरायु अस्पतालमा भर्ना गरिएको थियो । रावायण फिल्म खेल्छु भनेर १० लाख पेस्की लिएर खेल्न आनाकानी गरेपछि निर्माण युनिटले उनीविरुद्ध ‘आपराधिक विश्वासघात’ गरेको कसुरमा जाहेरी दिएका थिए ।

अनमोलले आफूलाई प्रहरीले धरपकड गरेको भन्दै उच्च अदालत पाटनबाट अन्तरिम आदेश लिएका थिए । तर, देवानी कसुरमा पक्राउ नगर्नु भन्ने आदेश लिएपनि फौजदारी कसुरमा उनीविरुद्ध पक्राउ अनुमति जारी भएको हुनाले मुद्दा अनुसन्धानमा असर नपर्ने अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् ।

अनमोलले ‘आपराधिक विश्वासघात’ गरेका कारण करिब डेढ करोड लगानी डुबेको निर्माण युनिटको दाबी छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 35

प्रतिक्रिया (०)

सम्बन्धित खबर