Aamsanchar

दमकको धुलाम्मे सडक मर्मत नगरे आसपासका पसलहरुले नगरपालिकामा चाबी बुझाउने

Author Image
सोमवार, असोज १५, २०८०

दमक । नेपाल उद्योग तथा ब्यबसायी महासंघ दमक नगर कमिटिले झापाको दमकस्थित मुख्य बजार क्षेत्रमा ढल बनाउदा भत्काईएको सडक बर्ष दिन बित्दा समेत नबनाएका कारण हिलो र धुलोको कारण आक्रान्त भएको बताउदै सडक मर्मतसम्भारको काम तत्कालै नभए नगरपालिकालाई पसलकोे चाबी बुझाउने अवस्थामा पुगेको बताएका छन् ।

आज ब्यवसायीहरुले नगरपालिकामा पुगेर नगर प्रमुख रामकुमार थापालाई समसया समाधानको लागि ध्यानकर्षण गराएका हुन ।

चाडपर्वको समयमा हुनसक्ने लुटपाट तथा चोरीका घटना नियन्त्रणका लागि पुराना बिग्रेका सिसि क्यामेरा मर्मत र थप नयाँ जडान गर्न, दमकको नमुना बजारको ब्यवस्थापनमा चासो दिएर तत्कालै काम गर्न समेत ध्यानर्षण गराएको एक व्यवसायीले बताए ।

सोमबार महासंघका प्रदेश कमिटी सदस्य बिमल खतिवडा, नगर अध्यक्ष रमेश लुइटेल सहितको टोलीले सडक मर्मत सम्भार नभए पीडित ब्यापारीले पसलको चाबी नगरपालिकालाई बुझाउनु पर्ने अवस्था आउने चेतावनी दिएका छन् ।

पशुहाटदेखि फाल्गुनन्दचोक र फाल्गुनन्द चोकदेखि हिमाली स्कूलसम्मको सडक भत्काएर तत्कालै बनाउने भनिएको भए पनि लामो समयसम्म सडक नबन्दा ब्यवसायीहरु यसबाट धेरै नै पीडित बनेको महासंघका प्रदेश सदस्य बिमल खतिवडाले बताए । उनले यसका लागि नगरपालिकाले पहल गरेर ब्यवसायीहरुको पीरमार्का बुझ्न आग्रह गरे ।

महासंघका नगर कमिटी अध्यक्ष रमेश लुइटेलले नमुना बजारको ब्यवस्थापनका लागि यसभन्दा अघि पनि वडा नं. ६ को ध्यानकर्षण गराएको बताउदै यसको ब्यवस्थापनका लागि आग्रह गरेकाछन् । उनले यो दमकको पहिचानको रुपमा रहेकाले यसको ब्यवस्थापन तत्काल गर्न माग गरेकाछन् ।

सो अवसरमा दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले सडक मर्मत सम्भार र निर्माणको काम तत्कालै शुरु गराउने र यसका लागि आफुले बारम्बार पहल गरेको जनाए । यो बिषय अहिले बजार निस्कनसाथ सबैले भन्ने गरेको स्मरण गर्दै उनले आजैबाट यसको काम शुरुवात गरिने आस्वसन दिए । आज देखि नै काम शुरु गर्न भनेका छौ र सायद काम शुरु भइसक्यो होला, उनले भने ।

कतिपयले नमुना बजार मास्न पनि माग गरेको बताउदै यसको ब्यवस्थापन गर्न माग राखेको प्रति उनले खुसी प्रकट गरे । करोडौं लागतमा बनाईएको नमुना बजारको सुन्दरता नै मास्नका लागि पनि माग आएको छ, उनले भने । वडा कार्यालयले समेत यस्तो माग रहेको भन्दै नगरपालिकालाई जानकारी गराएको उनले खुलासा गरे ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 44

प्रतिक्रिया (०)

सम्बन्धित खबर