Aamsanchar

पश्चिम नेपालमा आधा घण्टा नबित्दै फेरि अर्को भूकम्प

Author Image
मङ्गलवार, असोज १६, २०८०

काठमाडौं-पश्चिम नेपालमा आधा घण्टा नबित्दै फेरि अर्को भूकम्प गएको गएको छ ।

आज मङ्गलबार दिउँसो ३:०६ मिनेटमा बझाङ जिल्लाको चैनपुर केन्द्रबिन्दु भएर सो भूकम्प भएको भूकम्पविद् डा. लोकविजय अधिकारीले बताउनु भयो ।

यसअघि २ः४० मिनेटमा बझाङ जिल्लाकै तालकोट आसपास भएर ५:३ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको थियो ।

भूकम्पले के–कति क्षति भयो भन्ने विवरण भने आइसकेको छैन।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2
Views: 104

प्रतिक्रिया (०)

सम्बन्धित खबर