Aamsanchar

८ वर्षीया बहिनी बलात्कार गर्ने १४ वर्षीय दाजुलाई जन्मकैदकाे फैसला

Author Image
बुधवार, असोज १७, २०८०

तनहुँ-नाबालिका बैनीलाई बलात्कार गरेको अभियोगमा तनहुँ अदालतले तनहुँको भानु नगरपालिकाका अभियुक्तलाई जन्मकैदको फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश दलबहादुर केसीको इजलासले १४ वर्षीय दाइलाई जन्मकैदको फैसला सुनाएको हो । नाबालिकालाई बलात्कार गरेको अभियोगमा आरोपितलाई सोमबार जन्मकैदको फैसला भएको तनहुँ जिल्ला अदालतका सूचना अधिकारी हरिश्चन्द्र गौतमले जानकारी दिनुभयो ।

गौतमका अनुसार ८ वर्षीया सहोदर बैनीलाई जबरजस्ती करणी गरेकाले जन्मकैदको फैलला भएको र अभियुक्त बालक भएकाले ५० प्रतिशत छुटगरी १४ वर्ष ६ महिना कैद हुनेगरी फैसला भएको छ ।

आरोपितले बैनीलाई २०७८ चैत २५ गते बलात्कार गरेको भन्दै पीडितको आमाले इलाका प्रहरी भानुमा उजुरी दिनुभएपछि प्रहरीले पक्राउ गरेको थियो । यसैगरी ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

आबुखैरेनी गाउँपालिका–६ सेप्राङ घर भई भानु नगरपालिका –९ बडहरे बस्ने २६ वर्षीय कर्णबहादुर मास्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरीका अनुसार मास्कीले गत भदौ २० गते दिउँसो ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा भानु नगरपालिका स्थित प्रहरी चौकी पुर्कोटबाट खटिएको प्रहरीले मास्कीलाई पक्राउ गरिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 53

प्रतिक्रिया (०)