Aamsanchar

माइधारमा बोलेरो र स्कुटर ठाेक्किँदा एक जनाकाे मृ*त्यु, दुई घाइते

Author Image
बिहिवार, असोज १८, २०८०

झापा – झापाको शिवसताक्षी १०  माइधारमा बोलेरो र स्कुटर ठाेक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।आज बिहान ३:४० बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत माइधारमा भएको दुर्घटनामा स्कुटरमा सवार तीन जना गम्भीर घाइते भएकोमा एक जनाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । मृत्यु हुनेमा स्कुटर चालक झापा गाउँपालिका ३ बस्ने २० वर्षिय भवेश श्रेष्ठ रहेका छन् । त्यस्तै स्कुटर पछाडि सवार झापा गाउँपालिका वडा नं २ बस्ने २६ वर्षिय शिवकुमार थापा र वडा नं ७ बस्ने सुशान्त शिवाकोटी गम्भीर घाइते भएका छन् । दुवैजनाको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश १–०१–०१६ प ४२८८ नम्बरको स्कुटर र पश्चिमतर्फ जाँदै गरेको एनएमसी डेरीको मे १ च ५८६८ नं को बोलेरो पिकअप एकआपसमा ठक्कर खाँदा स्कुटरमा सवार तीन जना घाइते भएका थिए । दुर्घटनापछि बोलेरो , बोलेरो चालक र स्कुटरलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
3
Views: 102

प्रतिक्रिया (०)

सम्बन्धित खबर