Aamsanchar

सुनचाँदीको मूल्य

Author Image
शुक्रवार, असोज १९, २०८०

काठमाडौं – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलाको एक लाख सात हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार पनि छापावाल सुन प्रतितोला एक लाख सात हजार ३०० रुपैयाँमा नै कारोबार भएको थियो ।तेजाबी सुन प्रतितोला एक लाख ६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार पनि तेजाबी सुन यही मूल्यमा करोबार भएको थियो ।

चाँदीको मूल्य भने चार दिनदेखि नै स्थिर छ । चाँदी तोलाको एक हजार ३१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 81

प्रतिक्रिया (०)

सम्बन्धित खबर