Aamsanchar

परदेशी-२ देशभर र विदेशमा पनि आज देखि एकसाथ प्रदर्शनमा

Author Image
शुक्रवार, असोज २६, २०८०

काठमाडौं – नेपाली चलचित्र परदेशी-२ आजदेखि प्रदर्शनमा आएको छ ।

नारायण रायमाझीद्वारा निर्देशिन परदेशी-२ देशभर र विदेशमा पनि आज एकसाथ प्रदर्शनमा आएको हो ।

पछिल्लो समय देश छाडेर विदेश पलायन भईरहेका युवा पुस्ताको कथामाथि बनाइएको चलचित्रमा लोकगायक प्रकाश सपुत र केकी अधिकारीको प्रमुख भूमिका रहेको छ ।

आज चलचित्र हेरिसकेपछि अभिनेता दीपकराज गिरीले फिल्म अत्यन्तै उत्कृष्ट रहेको र कलाकारहरुको अभिनय पनि बेजोड रहेको प्रतिक्रिया दिए । हास्य कलाकार मनोज गजुरेलले युवा पुस्ता पलायन हुँदा गाउँघर र देश रित्तिदै गएको कथालाई कलात्मक ढंगले देखाइएको गिरीले बताए ।

८ वर्ष अघि राजेश वंशल र नारायण रायमाझील बनाएको “परदेशी” चलचित्रको सिक्वेलको रुपमा यो चलचित्र बनाइएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 86

प्रतिक्रिया (०)

सम्बन्धित खबर