Aamsanchar

काठमाडौंबाट झापाका लागि छुटेकाे हायस गाडी टायर खुस्किएर दुर्घटना

Author Image
सोमवार, असोज २९, २०८०

उदयपुर – उदयपुरमा हायस गाडी दुर्घटना हुँदा १८ जना घाइते भएका छन्। दुर्घटनामा दुईको अवस्था गम्भीर छ। मदन भण्डारी लोकमार्गको उदयपुरगढी गाउँपालिका–७ अधेरी जंगलमा सोमबार बाग्मती प्रदेश ०१–००४ क। २०७६ नम्बरको हायस गाडी दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन्।

काठमाडौंबाट झापा घरतर्फ आउने क्रममा गाडीको पछाडिको बाँया टायर खुस्किएर अनियन्त्रित भएपछि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रमेश थापाले जानकारी दिए।

दुर्घटनामा परेर सिन्धुलीको सुनकोशी गाउँपालिका-५ का २३ वर्षीय चालक सागर ठकुरी र पाँचथर फिदिम नगरपालिका-६ का ७२ वर्षीय बलवीर बिक गम्भीर घाइते भएका छन्।

उनीहरूलाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि विराटनगरस्थित न्युरो अस्पतालमा रेफर गरिएको छ। अनियन्त्रित भई दुर्घटना भएको गाडी सडकबाट ५ मिटर बायाँतर्फको रुखमा ठोकिन पुगेको छ।

दुर्घटनालगत्तै स्थानीय र अस्थायी प्रहरी पोष्ट संगमचोकको सहयोगमा जिल्लाबाट खटिएको प्रहरीको टोलीले उद्धार गरेको थियो। दुर्घटनाबारे अनुसन्धान भइरहेको एसपी थापाले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 143

प्रतिक्रिया (०)

सम्बन्धित खबर