Aamsanchar

दाङमा बैंकबाट पैसा निकाले लगत्तै पिछा गरेर १ लाख रुपैयाँ लुटेर भागेका २ युवा पक्राउ

Author Image
बुधवार, कार्तिक १, २०८०

दाङ – दाङमा आज बुधवार दिउँसो १ लाख रुपैयाँ लुटेर भागेका २ युवा पक्राउ परेका छन् । तुलसीपुरबाट १ लाख रुपैयाँ लुटेर भागेका २ युवालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–५ सम्झना टोलका २१ वर्षीय आयुष विक र १८ वर्षीय सुनिल मगर रहेका इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

तुलसीपुर–८ का दिनेश वलीले बैंकबाट पैसा निकाले लगत्तै पिछा गरी उनीहरूले लुटेका थिए । पैसा लुटिएको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय तुलसीपुर, नयाँ बसपार्क र बेलुवा प्रहरी चौकीबाट प्रहरी परिचालन भएको थियो । तीन तर्फबाट प्रहरीले घेरा हालेर लुटेराको खोजी थालेको थियो ।

प्रहरीले पिछा गर्दै जाने क्रममा तुलसीपुर–१० राइखल्यान क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूमाथि अनुसन्धान हुन बाँकी रहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 103

प्रतिक्रिया (०)

सम्बन्धित खबर