Aamsanchar

नेपाली टेलि चलचित्र ‘मुलबाटो’ रिलिज

Author Image
बुधवार, कार्तिक १, २०८०

बिर्तामोड । आनी मुभी मिडिया प्रालिको प्रस्तुतीमा नेपाली टेलि चलचित्र ूमुलबाटोू को पहिलो भाग रिलिज भएको छ।

बिर्तामोड र मेचीनगरका स्थानीय प्राविधिक तथा कलाकारहरूको सयुक्त निर्माणमा तयार पारिएको टेलि चलचित्रलाई युनिक मिडिया हाउस चारआलीले पोष्ट प्रोडक्सन गरेको हो।

नेपाली समाजका पुराना समसामयिक परिवेश र सकारात्मक सन्देशलाई चित्रण गरिने उक्त सिरियललाई राज लावती र झापाली कान्छा अभिषेकले सयुक्त रुपमा निर्देशन गरेका छन्।

त्यसै गरि छायांकन सम्पादन सुवास लिम्बू र रोहित लाम्गादे, मुख्य प्राविधिक अनिष क्षेत्री, व्यवस्थापन दिपेन्द्र कटवाल र नन्दु लिम्बू, कथा मनु योङहाङ, पटकथा सम्वाद झापाली कान्छाको रहेको छ। विशेष गरि झापाको बुद्धशान्ति हडिया सिरानलाई केन्द्र बनाएर यस चलचित्रको छायांकन गरिएको छ।

समाजको विविध सकारात्मक र नकारात्मक पक्षहरूलाई प्रस्तुत गरि सकारात्मक पाटो चै हामी सबैको मूलबाटो हुनु पर्छ भन्ने विषयलाई उठान गरिएको निर्देशक राज लावतीले जानकारी दिए।

स्थानीय कला केन्द्रहरूबाट उत्पादित कलाकारहरूलाई विशेष महत्व दिइएको यस चलचित्रमा राज लावती, झापाली कान्छा अभिषेक, बालकुमार कटवाल, नन्दु लिम्बू, सोनिया कटवाल, दिपेन्द्र कटवाल, सुवास लिम्बू,  प्रताप सुनुवार, चन्दन राजवंशी,  देवानन्द राजवंशी,  दिनेशकुमार बिक, शिव सेडाई आदि कलाकारहरूको मुख्य भूमिका रहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 179

प्रतिक्रिया (०)

सम्बन्धित खबर