Aamsanchar

बहुउपयोगी कालो चामल, यस्ता छन् फाइदा

Author Image
मङ्गलवार, कार्तिक ७, २०८०

अचेल कालो चामलको चर्चा बढी हुने गरेको छ । कालो चामलको परिकार राखेर रेस्टुरेन्ट चलाउनेहरूको होडबाजी नै छ । यो चामल एसियाली उत्पादन हो । रेडियो कार्बन डेटिङबाट प्रमाणित भएअनुसार कालो धान आठ हजार दुई सयदेखि १३ हजार वर्ष पहिले चीनमा खेती गरिन्थ्यो ।

प्रतिदिन १५ ग्रामका दरले अन्य चामलमा मिसाएर कालो चामल खाएमा क्यान्सर, अल्जाइमर्स, मधुमेह र उच्च रक्तचाप जस्ता समस्यासँग लड्न मद्दत पुग्ने अनुसन्धानबाट पत्ता लागेको छ।

चामल नेपालीको मुख्य खाद्यवस्तु पनि हो । चामलबाट कार्बोहाइड्रेटलगायत शरीरलाई आवश्यक पौष्टिक तत्व प्राप्त हुन्छ तर चामल पनि विभिन्न प्रकार र गुणस्तरमा बजारमा उपलब्ध छन् । जसका फाइदा पनि फरक–फरक हुन्छन् । कतिपय चामल भने गुणस्तरहीन पनि हुन्छन्। त्यसैले यसको छनोटमा ध्यान दिनुपर्ने हुन्छ । त्यसैमध्येको एउटा हो कालो चामल ।

कालो चामलका फाइदा

मधुमेहका बिरामीलाई कालो चामल उपयोगी मानिन्छ ।
मुटुरोगीका लागि पनि कालो चामल लाभदायक मानिन्छ ।
यस्तो चामलमा प्रोटिन, आइरन हुने भएकाले अरूको तुलनामा यसले बढी शक्ति प्रदान गर्छ ।
शरीरलाई सन्तुलित राख्न तथा मोटोपनालाई नियन्त्रण गर्न पनि यसको प्रयोग गर्न सकिन्छ ।
क्यान्सरका बिरामीका लागि समेत कालो चामल अत्यन्तै फाइदाजनक मानिन्छ ।
कालो चामलले विभिन्न रोगसँग लड्न सक्ने अतिरिक्त शक्तिसमेत प्रदान गर्छ ।
सामान्यतया आधा कप पाकेको कालो चामलमा १६० क्यालोरी, १५

कालो चामल एक पटकमा १८० देखि २०० ग्राम मात्र प्रयोग गर्दा राम्रो हुन्छ । कालो चामलको भातबाहेक अन्य परिकार पनि बनाउन सकिन्छ । यसबाट २० थरीका सलाद नै बनाउन मिल्छ । कालो चामलको खीर तयार पारेर खान सकिन्छ । अन्य चामलको तुलनामा यो चामल पाक्न केही बढी समय लाग्छ । त्यसैले यसलाई पकाउनुभन्दा तीन घण्टा पहिले नै भिजाएर राख्दा राम्रो हुन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 92

प्रतिक्रिया (०)

सम्बन्धित खबर
हात्तीको परिचय 
बुधवार, वैशाख १२, २०८१
दैनिक आलस खाँदाका फाइदा
सोमवार, वैशाख १०, २०८१