Aamsanchar

गल्छीमा बस, कार र माेटरसाइकल एक आपसमा ठाेक्कियाे

Author Image
बुधवार, कार्तिक ८, २०८०

धादिङ – पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका वडा ४ चिरौदीमा बुधवार तीन वटा गाडी एक आपसमा ठोक्किँदा १२ जना घाइते भएका छन् ।

धादिङबेसीबाट काठमाण्डौतर्फ जाँदै गरेको बा ३ ख ८३९५ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बा ६० प ४८६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाकल उछिट्टिएर त्यही दिशातर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१ – ०२८ च ९३३६ नम्बरको कारमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवालले जानकारी दिनुभयो ।

घाइतेमध्ये बा ६० प ४८६९ नम्बरको मोटरसाइकल चालक गल्छी गाउँपालिका वडा नम्बर ६ का २६ वर्षीय जितेन्द्र पाठक र उहाँको श्रीमती २४ वर्षीया ज्योती पाठक गम्भीर घाइते भएकोले उपचारका लागि काठमाण्डौ पठाइएको छ । अन्य घाइते १० जनालाई भने स्थानीय बैरेनी अस्पतालमा उपचारपछि काठमाण्डौको ट्रमा सेन्टर पठाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 60

प्रतिक्रिया (०)

सम्बन्धित खबर