Aamsanchar

कलाकार प्रकाश घिमिरे घाँस काट्ने क्रममा लडेर घाइते

Author Image
शुक्रवार, कार्तिक १०, २०८०

पोखरा – कलाकार प्रकाश घिमिरे घाइते भएका छन् । शुक्रबार विहान पोखराको नदीपुरमा घाँस काट्ने क्रममा लडेर घाइते भएका हुन् । उनको मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको कास्की प्रहरीले जनाएको छ । ‘घाँस काट्न जाँदा लड्नुभएको भन्ने खबर छ । अवस्था खुलेको छैन,’ कास्की प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले भने, ‘उपचार भइरहेको छ ।’ घटनाको थप विवरण आउन बाँकी रहेको उनले बताए । कलाकार घिमिरेको स्वास्थ्योपचारका लागि कुनै कसर बाँकी नराख्न पोखराका मेयर धनराज आचार्यले अस्पताल प्रशासनसँग आग्रह गरेका छन् ।

‘सबै बिशेषज्ञ डाक्टरहरु ईमर्जेन्सी पुग्नु भएको छ । हामी सम्पूर्ण पोखरेलीको तर्फबाट गम्भिर दुर्घटनामा पर्नु भएको प्रिय कलाकारको उपचारमा महानगर साथमा छ,’ उनले भने, ‘‘उहाँको सिघ्र स्वास्थ लाभको कामना गर्दछु । हस्पिटल प्रशासन तथा सम्बन्धित निकायको बिशेष ध्यानाकर्षण गराउँदछु ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 71

प्रतिक्रिया (०)

सम्बन्धित खबर