Aamsanchar

सशस्त्र प्रहरीले मधेशमा सीमास्तम्भको पुनःनिर्माण गर्दै 

Author Image
बिहिवार, कार्तिक १६, २०८०

जनकपुरधाम – नेपाल सशस्त्र प्रहरी बलले सीमानाकाका सीमास्तम्भको पुनःनिर्माण, मर्मत सम्भार र रंगरोगनको काम थालेको छ।

मधेश प्रदेशका आठवटै जिल्लाको भारतीय सीमानाकामा रहेको सीमास्तम्भको पुनःनिर्माण, मर्मत सम्भार र रंगरोगनको काम बिहीबार धनुषादेखि सुरु भएको छ।

मधेशका करिब चार हजारभन्दा बढी सीमास्तम्भ रहेकोमा अहिलेलाई १ हजार सीमास्तम्भको मर्मत र रंगरोगनको काम सुरु गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता वाहिनी मुख्यालयका प्रमुख दीपेन्द्र शाहले बताए।

धनुषाका मात्र १५५ सीमास्तम्भको मर्मत र रंगरोगन हुने सशस्त्र प्रहरी बल धनुषाका प्रहरी उपरीक्षक दिनेश मल्लले जानकारी दिए। धनुषाको सीमावर्ती नगरपालिका नगराईन नगरपालिका-२ जटही नाका छेउको सिमा नं। २८५/४ बाट उक्त कार्यको शुभारम्भ गरेका छन्।

२०७७ साल साउन १९ गतेको मन्त्रिपरिषद् निर्णयवाट सीमाका ती स्तम्भहरूमध्ये बिजोर नम्बरका सीमास्तम्भहरूको पुनःनिर्माण, मर्मत सम्भार रंगरोगनको काम नेपालले गर्ने निर्णय बमोजिम उक्त काम थालनी भएको हो।

यसले सीमास्तम्भको मात्र नभई दुई देशकै सुरक्षा, सद्भाव र प्राविधिक जटिलताको समाधान हुने सशस्त्र प्रहरी बल नेपाल नं। २ छिन्नमस्ता वाहिनी मुख्यालयका प्रमुख दीपेन्द्र शाहले बताए।

कार्यक्रममा दुवैतर्फका सीमा सुरक्षाबलका जिल्ला प्रतिनिधिहरू पनि सहभागी थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 113

प्रतिक्रिया (०)

सम्बन्धित खबर