Aamsanchar

पाचखालमा विद्युत सर्ट हुँदा आगलागी

Author Image
शुक्रवार, कार्तिक १७, २०८०

काभ्रे – विद्युत सर्ट हुँदा एउटै घरको चार सटर पसलमा आगलागी भएको छ। शुक्रबार बिहान काभ्रे जिल्लाको पाचखाल नगरपालिका-४ समाजकल्याण चोकस्थित उद्धवप्रसाद तिमलसिनाको घरको सटरमा अचानक विद्युत सर्ट भइ आगोलागी भएको प्रहरीले जनाएको छ।

आगलागीमा सोही घरमा रहेका ९ सटरमध्ये ४ वटा कपडा पसल पूर्ण रुपमा जली नष्ट भएको ३ वटा होटल १ मोबाइल पसल, १ मासु पसल सटरमा अंशिक क्षति भएको मानवीय क्षति नभएको बताइएको छ।

उक्त आगलागी घटना नेपाल प्रहरी एवम् स्थानीय र दमकलको सहयोगमा ७ बजे नियन्त्रणमा आएको थियो। क्षतिको विवरण एकिन भइनसकेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 46

प्रतिक्रिया (०)

सम्बन्धित खबर