Aamsanchar

विद्यार्थीलाई संसदीय प्रणाली सिकाउन बिर्तामोडमा ‘नमूना युवा संसद् अभ्यास कार्यक्रम’ 

Author Image
शनिवार, कार्तिक १८, २०८०

बिर्तामोड । सङ्घीय संसद्का सभामुख घिमिरे र उपसभामुख इन्दिरा रानामगरको गृह निर्वाचन क्षेत्र झापा–२ का २२ वटा माध्यमिक विद्यालयका कक्षा १२ सम्म अध्ययनरत ६० जना विद्यार्थीले ‘नमूना युवा संसद् अभ्यास कार्यक्रम’ मा भाग लिएका छन् ।

विद्यार्थीलाई संसदीय विधि र क्रियाकलापबारेमा जानकारी गराउने उद्देश्यले सङ्घीय संसद् सचिवालयले राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) र सहारा नेपालको सहयोगमा शुक्रबार झापाको बिर्तामोडमा नमूना युवा संसद् अभ्यास कार्यक्रम गरिएको हो ।

कात्तिक १४ देखि १७ गतेसम्म सञ्चालन भएको नमूना युवा संसद् अभ्यास कार्यक्रममा सहभागी विद्यार्थीलाई प्रतिनिधिसभाका सांसदले निर्वाह गर्ने भूमिका, संसदीय प्रक्रिया र विधेयक पारित गर्ने विधिबारे प्रयोगात्मक अभ्यास गराइएको थियो ।
कार्यक्रममा सभामुख र उपसभामुखको नमूना निर्वाचन अभ्यास गरिएको थियो भने सत्तापक्ष, प्रतिपक्ष, मन्त्रीको अलगअलग आसनलहरको व्यवस्था मिलाइएको थियो ।

नमूना संसद् युवा सांसदले मानव–हात्ती द्वन्द्व, बढ्दो सवारी दुर्घटना, बाल यौन दुर्व्यवहार, सुकुम्बासी समस्या, सामाजिक सञ्जालको दुरुपयोग, सुपारी कृषकका समस्या, खाद्यान्नमा मिसावट, फोहोरमैला व्यवस्थापन, लागूऔषधको बिगबिगी, युवाको विदेश पलायन, शिक्षाको ह्रासोन्मुख गुणस्तरलगायतका विषय उठाउँदै युवा सरकारका नमूना प्रधानमन्त्री र विभागीय मन्त्रीको जवाफ मागेका थिए ।
कार्यक्रममा सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा रानामगरलगायतको उपस्थिति रहेको थियो । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 106

प्रतिक्रिया (०)

सम्बन्धित खबर