Aamsanchar

नलगाड खोलामा १३ जनाको सामूहिक दाहसंस्कार, च्युरी गाउँ शाेकमा

Author Image
सोमवार, कार्तिक २०, २०८०

जाजरकोट – भूकम्पमा परी ज्यान गुमाएकाको सामूहिक दाहसंस्कार गरिएको छ। जाजरकोटको नलगाड नगरपालिका-१ च्युरी गाउँको नलगाड खोलामा १३ जनाको सामूहिक दाहसंस्कार गरिएको हो।

जाजरकोट केन्द्रविन्दु बनाएर शुक्रबार राति गएको भूकम्पमा परी १५७ जनाले ज्यान गुमाएका छन्। त्यस्तै उक्त भूकम्पमा परी करिब दुई सयजना घाइते भएका छन्।

भूकम्पमा नलगाड नगरापलिकामा १७ जनाको मृत्यु भएको थियो। तीमध्ये १३ जना च्युरी गाउँका रहेका छन्।  च्युरी गाउँका १३ जनाको दाहसंस्कार गरिएको हो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 69

प्रतिक्रिया (०)

सम्बन्धित खबर