

घटनाको बारेमा दुख व्यक्त गर्दै नगर प्रमुख प्रसाईले भूकम्पबाट पीडित परिवारको उद्धारको लागि सहयोगको घोषणा गरिएको जानकारी दिनु भयो । नगरपालिकाले विपत व्यवस्थापन कोषबाट ५ लाख रुपैयाँ दिने भएको हो । शुक्रबारको भूकम्पले जाजरकोटमा १०५ र रुकुमपश्चिममा ५२ गरी १५७ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार भूकम्पमा परी २४६ जना घाइते भएका थिए, उनीहरुमध्ये १४६ जना प्राथमिक उपचारपछि घर फर्किएका छन्, ११० जना घाइते विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् । भूकम्पले ९३७ घरमा पूर्ण क्षति भएको छ भने २ हजार ९५४ घरमा आंशिक क्षति पुगेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 84