Aamsanchar

प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान

Author Image
मङ्गलवार, कार्तिक २१, २०८०

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक बोलाएका छन् ।

मंगलबार दिउँसो २ बजे सिंहदरबारमा बस्नेगरी प्रधानमन्त्रीले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग बैठक बोलाएका हुन्।

जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पले गरेको धनजनको क्षति र समसामयिक विषयमा छलफल गर्न बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

गत शुक्रवार हरामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले जाजरकोट र रुकुमपश्चिमका १५३ जनाको मृत्यु भएको थियो भने करिब २०० घाइते भएका छन्। भूकम्पका कारण दुवै जिल्लामा सयौँ घर भत्किाएका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 85

प्रतिक्रिया (०)

सम्बन्धित खबर