दाङ – कार्यालय समयभन्दा ढिलो आउने कर्मचारीलाई दाङको लमही नगरपालिकाका मेयर जोगराज चौधरीले फूलले स्वागत गर्नुभएको छ ।
पालिकामा कार्यरत कर्मचारीहरु समयमा कार्यालय नआउने गरेकोबारे सेवाग्राहीको गुनासो आएपछि छड्के अनुगमन गरिएको हो।
ढिलो आएका कर्मचारीलाई मेयर चौधरीले फूलले स्वागत गर्दै समयको ख्याल गरेर कार्यालयमा उपस्थित हुन निर्देशन दिनुभएको छ ।
एक दर्जनभन्दा बढी कर्मचारी कार्यालय समयभन्दा ढिलो आएका उहाँले जानकारी दिनुभयो । ´राष्ट्र सेवक कर्मचारीलाई जिम्मेवारी बोध होस्, समयको ख्याल गर्दै सेवा प्रवाह गर्न मद्दत पुगोस् भन्ने हाम्रो चाहना हो` उहाँले भन्नुभयो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 80