Aamsanchar

बाजुरामा भूकम्पको धक्का

Author Image
मङ्गलवार, कार्तिक २१, २०८०

काठमाडौं – बाजुरामा मंगलबार दिउँसो भूकम्पको धक्का महसुस गरिएको छ । १२ बजेर ५८ मिनेटमा बाजुराको बिछ्या आसपास केन्द्रविन्दु भएको ४ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।

यो धक्का नयाँ भूकम्प नभएर परकम्प भएको केन्द्रका भूकम्पविद् भरत कोइरालाले जानकारी दिए ।गएको वैशाख १५ गते बाजुरा केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो । आजको धक्का त्यसैको परकम्प भएको केन्द्रले जनाएको छ ।

यता, गएको शुक्रबार मध्यरातिदेखि हालसम्म जाजरकोटमा कुल ४४४ परकम्प मापन गरिएको छ । शुक्रबार ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु भएर ६।४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 113

प्रतिक्रिया (०)

सम्बन्धित खबर