Aamsanchar

भूकम्प प्रभावित क्षेत्रबाट फर्किएपछि प्रधानमन्त्रीलाई रास्वपा सभापति रविको १४ सुझाव

Author Image
बुधवार, कार्तिक २२, २०८०

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई १४ बुँदे सुझाव दिएका छन् ।

भूकम्प प्रभावित जाजरकोट र रुकुम (पश्चिम)बाट फर्किएपछि लामिछानेले राहत व्यवस्थापन र वितरण, पीडितले तत्काल भोगेका समस्या र थप बन्दोबस्तीबारे प्रधानमन्त्रीलाई १४ सुझाव दिएका हुन् । सभापति लामिछानेले परिवर्तनका लागि विगतमा तातो गोली थाप्न तयार भएका जनतालाई चिसोबाट बचाउन आग्रह गरेका छन् ।

उनले भूकम्प प्रभावित क्षेत्रमा पठाइएका त्रिपालको गुणस्तर राम्रो नभएकाले गुणस्तरीयताको मापन गरी पठाउन आग्रह गरेका छन् । सरकार छ भन्ने अनुभूति जनतालाई दिलाउन उनको आग्रह छ ।

त्यस्तै, राहत सामग्री जिल्ला प्रशासन कार्यालयमा थुप्रो लागेको भन्दै त्यसमा सरकारको ध्यानकर्षण गराएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 66

प्रतिक्रिया (०)

सम्बन्धित खबर