

रौतहट- प्रहरीले १० बोरा पटाका नष्ट गरेको छ । भारतबाट अवैध रुपमा नेपाल ल्याउँदै गरेको अवस्थामा बरामद गरिएको पटाका नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

जिल्लाका विभिन्न स्थानबाट जिल्ला प्रहरी कार्यालय र मातहतबाट खटिएको टोलीले अवैध रुपमा चोरी पैठारी गरेर ल्याएको पटाका बरामद गरेको थियो । सो पटाका स्थानियहरु र संचारकर्मीको रोहबरमा नष्ट गरिएको रौतहट प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 46