Aamsanchar

नेपाल संवत ११४४ का अवसरमा काँकरभिट्टामा विविध कार्यक्रम

नेपाल संवत ११४४ आजबाट शुरु

Author Image
मङ्गलवार, कार्तिक २८, २०८०

मेचीनगर ।  नयाँ वर्ष (न्हूदँया भिंतुना ) नेपाल संवत ११४४ का अवसरमा मंगलबार देशका भिन्नि ठाउँमा र्यालीसहित झाँकीसाथ नेपाल संवत् मनाईएकोछ । नेपाल संवतलाई नयाँ वर्षका रूपमा काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वर, बागलुङ, पर्वत, म्याग्दीलगायत नेवार समुदायको बाहुल्य रहेका स्थानमा विशेष रूपमा मनाउने गरिन्छ ।

राष्ट्रिय विभूति शंखधर साख्वाले विक्रम संवत ९३७ (इस्वी संवत ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरु गराउनुभएको थियो । सोही संवतका अवसरमा देशभर विविध कार्यक्रम आयोजना गरएिको हो । कार्तिक शुक्ल पक्षका दिन नेपाल संवतको पहिलो दिन हो ।

सोहि अवरमा झापाको मेचीनगरमा समेत विविध कार्यक्रम गरेर यो संवत मनाईएको छ । भिन्तुना र्याली शुरु हुनुभन्दा अगाडी मेचीनगर—६ काँकरभिट्टास्थित राष्ट्रिय विभूति एवम् नेपाल संवतका प्रवद्र्घक शंखधर साख्वाः सामुदायिक हल भिमसेन मन्दिर परिसरमा नेपाल संवतको बारेमा जानकारी दिने र शुभकामना आदान प्रदान कार्यक्रम गरिएको आयोजक संस्था नेवा समाज समिति मेचीनगर अध्यक्ष कमल गुभाजुले जानकारी दिनुभयो । मेचीनगरमा नेवाः समाज समिति गठन भएपछि समिति सक्रिय हुँदै भेषभुषा, भाषा, कला, संस्कृतिको जगेर्नाका लागि तालिम तथा संगठन बिस्तारका कार्यक्रमहरु गर्दैए आएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्ने अधिकाँश वक्ताहरुले आजबाट शुरु भएको नेपाल संवत् ११४४ नेपालको मौलिक संवतको रूपमा लिइने र यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेको बताएका थिए । नेपाल संवत काठमाडौं उपत्यका र उपत्यका बाहिर नेवारी समुदायको बसोबास भएका स्थानमा मनाईदै आईरहेको यो नेपालको मौलिक संवत भएको उनीहरुको भनाई थियो । नेपाल सरकारले यो संवतलाई आधिकारीक मान्यता दिएकोप्रति सहभागीहरुले खुशी व्यक्त गरेका थिए । नेवारी समुदायमा यसको प्रयोग धेरै भईरहेको पाईन्छ ।

गरिब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमुना प्रस्तुत गरेको र नेपालमा मौलिक संवतसमेत चलाएको कार्यको उच्च मूल्यांकन गर्दै नगरका नेवार समुदायले राष्ट्रिय विभूति शंखधर शाख्वाःको स्मरण गरेका थिए । २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गर्नुभएको थियो ।

कार्यक्रममा समाजका सल्लाहकार एवम् पूर्व अध्यक्ष विष्णुकुमार श्रेष्ठ, मिसा दवुःका अध्यक्ष मेघना प्रधान, लाखे धिमे समितिका संयोजक भुवनलाल श्रेष्ठलगायतले नयाँ वर्ष (न्हूदँया भिंतुना ) नेपाल संवत ११४४ र राष्ट्रिय विभूति शंखधर साख्वाका बारेमा विचार राख्नुभएको थियो ।

समाजका अध्यक्ष कमल गुभाजुको अध्यक्षतामा भएको कार्यक्रममा सहभागी सवैलाई कोषाध्यक्ष प्रल्हाद श्रेष्ठले शब्दमार्फत स्वागत र सदस्य सुजन प्रधानले सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रम पशचात नेवारी समुदायको लाखेनाँच, ठाकठुके नृत्यसहित नेवार िभेषभुषामा सहभागीहरुले राष्ट्रिय विभूति शंखधर साख्वाको तस्वीरसहित काँकभिट्टा बजारको पैदल र्याली गरेका थिए । र्यालीले बाहुनडाँगी रोड, शान्तिपथ, सिरिजंघा टोल, बसपार्क , मिनि मार्केटलगायत मुख्यः मुख्यः भागको परिक्रममा गरी पुनः भिमसेन मन्दिर परिसरमा पुगेर समापन भएको थियो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 74

प्रतिक्रिया (०)

सम्बन्धित खबर