Aamsanchar

शरीर किन चिलाउँछ ?

Author Image
बिहिवार, कार्तिक ३०, २०८०

काठमाडौं – मानिसको शरीर बाहिरी र भित्री गरी दुईवटा कारणले चिलाउँछ।

भित्री कारणमा रगतको खराबीले गर्दा धेरै चिलाउने समस्या उत्पन्न भएको हुनसक्छ।

त्यसैगरी कलेजो, मिर्गौला र थाइराइड आदिको समस्याका कारण पनि शरीर चिलाउने समस्या देखा पर्नसक्छ। कसैकसैलाई जन्डिसको समस्यामा पनि शरीर अत्याधिक चिलाउने हुन्छ। बाहिरी कारणमा जाडो मौसममा शरीर सुख्खा भई चिलाउने हुन्छ।

यसका लागि नरिवलको तेल, जैतुनको तेल र बडी लोसन प्रयोग गरी छालालाई बढी सुख्खा हुनबाट बँचाउनु पर्ने चिकित्सकको सुझाब छ। कपडाको कारण पनि शरीर चिलाउने हुन्छ। महिलाहरुलाई कस्मेटिक एलर्जी कारणले पनि चिलाउने समस्या देखा पर्नसक्छ।

बाहिरी प्रदूषणहरु जस्तै धुलो, धुवाँ, विभिन्न ग्यास र कार्य क्षेत्रको वातावरणले पनि चिलाउने समस्या उत्पन्न हुन्छ। कसैलाई लुतोको कारण पनि धेरै चिलाउने समस्या देखिन्छ। यस्ता समस्या भएकाले दिनहुँ नुहाएर छाला सफा राख्नुपर्छ।

एलर्जीका कारण चिलाउने समस्या भएमा कारण पत्ता लगाएर उपचार गर्नुपर्छ। कसै कसैलाई भान्सामा प्रयोग गरिने बस्तुका कारण पनि एलर्जी हुन सक्छ। जस्तै धनियाँको पात, लसुन, कफी आदि।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 100

प्रतिक्रिया (०)

सम्बन्धित खबर
हात्तीको परिचय 
बुधवार, वैशाख १२, २०८१
दैनिक आलस खाँदाका फाइदा
सोमवार, वैशाख १०, २०८१