

स्याङ्जा- टयाक्टर दुर्घटना हुँदा २८ वर्षीय रामहरि चौधरीको मृत्यु भएको छ। पुतलीबजार नगरपालिका १४ तोप्सेबाट लामागेतर्फ आउँदै गरेको ग १ त. ४९८७ नम्बरको ट्याक्टर सोमबार बिहान भित्री सडक खण्डमा पल्टिँदा चालक चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए।

आज बिहान साढे ९ बजेको समयमा भएको उक्त दुर्घटनाका बारेमा थप अनुसन्धान जारी रहेको रानाले बताए। मृतक चालक दाङस्थित दंशीशरण गाउँपालिकाका हुन्।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 105