Aamsanchar

इलाम बस दुर्घटना : मृतककाे संख्या तीन पुग्यो, अन्य दुईको अवस्था गम्भीर

Author Image
सोमवार, मंसिर ४, २०८०

झापा- इलामको रोङ गाउँपालिका ३ कोलबुङस्थित मेची राजमार्गमा हिजो साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

आज बिहान ९ बजेतिर बीएण्डसी हस्पिटलमा उपचारका क्रममा थप एकजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा धनुषाधाम नगरपालिका –९ धारापानी बस्ने ६० वर्षीया शान्तमाया तामाङ रहेकी छन् । यसअघि उपचारका क्रममा गएराति बीएण्डसी हस्पिटलमा धनुषाधाम नगरपालिका –९ धारापानी बस्ने बर्ष ३५ की मनवती लामाको मृत्यु भएको थियो भने धनुषाधाम नगरपालिका –९ धारापानी बस्ने १२ वर्षीय अर्पण लामाको घटनास्थलमै मृत्यु भएको थियो । ती बालक रुखमा अडकिएका थिए ।

घाइतेमध्ये अन्य दुई जनाको अबस्था पनि चिन्ताजनक रहेको छ । उनीहरुको भेन्टिलेटरमा उपचार भइरहेको छ । कन्यामबाट झापातर्फ आउँदै गरेको ना ६ ख ८४२४ नम्बरको बस सडकबाट अन्दाजी ३०० मिटर तल खस्दा ३७ जना घाइते भएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 98

प्रतिक्रिया (०)

सम्बन्धित खबर