Aamsanchar

प्राधिकरणद्वारा सडक बत्तीबापत उपभोग गरेको बक्यौता महशुल भुक्तानी गर्न पालिकालाई ताकेता

Author Image
बुधवार, मंसिर ६, २०८०

काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणले पालिकाबाट सडक बत्तीबापत उपभोग गरेको बक्यौता महशुल भुक्तानी गर्न ताकेता गरेको छ । प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले आज सूचना निकालेर विभिन्न केन्द्रहरुबाट पालिकाले सडक बत्तीबापत विद्युत् उपभोग गरेको बक्यौता महशुल भुक्तानी गर्न र बिना मिटर प्रयोग गरेको सडक बत्तीका लागि रीतपूर्वक मिटर जडान गर्न अनुरोध गरेको छ ।

प्राधिकरणले भुक्तानीका लागि पालिकालाई यसअघि असोज ६ गते ४५ दिनको समयसीमा दिएको थियो । त्यस्तै मिटर जडान गर्न बाँकी रहेका सडक बत्तीहरुका लागि सम्बन्धित वितरण केन्द्रमा सम्पर्क गरी ७ दिनभित्र मिटर जडान गरी ग्राहक कायम गराउन पनि भनिएको छ ।

यो अवधिभित्र मिटर लिइ ग्राहक नबनेमा त्यस्ता बिना मिटरका सडक बत्तीहरु सम्बन्धित वितरण केन्द्रबाट हटाउने उल्लेख छ । साथै सडक बत्तीको बक्यौता महशुल नबुझाउने पालिकाको हकमा प्राधिकरणको विद्युत् महशुल सङ्कलन विनियमावली २०७८ को विनियम १० अनुसार कारबाही हुने सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 57

प्रतिक्रिया (०)

सम्बन्धित खबर