Aamsanchar

दाउरा लिएर आउने क्रममा ढुंगाले लागेर एक महिलाको ज्यान गयाे

Author Image
बुधवार, मंसिर ६, २०८०

जुम्ला – कालिकोटमा दाउरा लिएर आउने क्रममा ढुंगाले लागेर एक महिलाको ज्यान गएको छ । प्रहरीका अनुसार कालिकोट जिल्ला तिला गुफा नगरपालिका–७ राचुल्ली घर भएकी २२ वर्षिया कमला (विक) कामीको ढुंगा लागेर घाइते भइ ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी उमेश चन्दका अनुसार गाउँबाट केही टाढा दाउरा लिन हिँडिरहेको समयमा माथिबाट ढुंगा आइ टाउकोमा लागेर गम्भीर घाइते भएकी कमलाको उपचारको क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचारको क्रममा ज्यान गएको हो ।

प्रहरी निरीक्षक तथा सूचना अधिकारी चन्दका अनुसार कर्णाली प्रतिष्ठानमा उपचारको क्रममा कमलाको ज्यान गएको र पोष्ट मार्टम गरी दाहसंस्कारका लागि घर लगिएको जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 46

प्रतिक्रिया (०)

सम्बन्धित खबर