Aamsanchar

पोखराको एक होटेलमा महिला मृत फेला, पाँच जना पक्राउ

Author Image
बुधवार, मंसिर ६, २०८०

काठमाडौं –पोखराको एक होटेलमा महिला मृत भेटिएकी छन् । तनहुँकी सुकु विक गएराति होटेल युनिकमा मृत भेटिएकी हुन् ।

सुकु पोखराको पृथ्वीचोकस्थित एक होटेलमा काम गर्दै आएकी थिइन् तर उनी काम गर्ने भन्दा फरक होटेलमा मृत भेटिएको प्रहरीले जनाएको छ ।मृत अवस्थामा सञ्चालकले फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी)मोहनकुमार थापाले मृतकको शव हेर्दा शंकास्पद देखिएको बताए ।

एसपी थापाले होटेलमा सीसीटीभी नभएको र परिचयपत्र समेत नराखेको बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

होटेलमा महिला मृत भेटिएपछि कास्की प्रहरीले पाँचजनालाई पक्राउ गरेको जनाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 109

प्रतिक्रिया (०)

सम्बन्धित खबर