![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/InShot_20231122_141056120.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
झापा – नेकपा एमालेले निकट भविश्यमै हुने प्रतिनिधिसभा ईलाम निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनको तयारी गर्न जिल्ला कमिटीलाई निर्देशन दिएको छ । एमालेको कोशी प्रदेश कमिटीले हालै जारी गरेको अन्तर कमिटी निर्देशन–२ मार्फत उपनिर्वाचनलाई मध्यनजर गर्दै नेकपा एमाले इलाम जिल्ला कमिटीलाई आवश्यक कार्ययोजनासहित काममा लाग्न निर्देशन दिएको हो ।
एमाले कोशीले जारी गरेको अन्तर कमिटी निर्देशनको ७ नम्बर बुँदामा ‘इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ निकट भविष्यमा हुने उपनिर्वाचनको विषयलाई मध्यनजर गर्दै त्यस जिल्लाले आवस्यक कार्ययोजनासहित काममा लाग्न समेत निर्देशन गरिन्छ’, भनिएको छ ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
गत वर्ष भएको निर्वाचनमा उक्त निर्वाचन क्षेत्रबाट एमालेका उपाध्यक्ष समेत रहेका सुवासचन्द्र नेम्वाङ निर्वाचित भएका थिए । नेम्वाङको गत भदौ २५ गते राति हृदयघात हुँदा निधन भएपछि उक्त स्थानको प्रतिनिधि सभा सदस्य पद रिक्त रहेको थियो । तर सरकारले उक्त स्थानमा कहिले चुनाव गर्ने भन्ने निर्णय गरिसकेको छैन ।