Aamsanchar

हुलाकी राजमार्गमा दुईवटा मोटरसाइकल ठोक्किँदा एउटै वडाका तीन जनाकाे मृत्यु, एक गम्भीर घाइते

Author Image
बिहिवार, मंसिर ७, २०८०

सिराहा – सिराहाको हुलाकी राजमार्गमा दुईवटा मोटरसाइकल ठोक्किँदा तीनजनाको मृत्यु भएको छ। एकजना गम्भीर घाइते भएका छन्।

सिराहाको अर्नामा गाउँपालिका–५ का १९ वर्षीय मुकेशकुमार सिंह, २७ वर्षीय दिनेशकुमार यादव र ३२ वर्षीय रामवृक्ष यादवको मृत्यु भएको छ।

बुधबार साँझ सवा ७ बजेतिर सिराहा नगरपालिका–१९ सन्हैठा नयाँचोकमा पूर्वबाट पश्चिम आउँदै गरेको स २ प ४५३१ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश २–०१–००१ प १८५० नम्बरको मोटरसाइकल ठोक्किएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रवीन्द्रराज पाण्डेले बताए।

उनका अनुसार उपचारका लागि प्रादेशिक अस्पताल सिराहा पुर्‍याउँदा तीनै जनालाई चिकित्सकले मृत्यु घोषणा गरेका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 73

प्रतिक्रिया (०)

सम्बन्धित खबर