Aamsanchar

तीनकुने र बल्खु क्षेत्रमा सवारीसाधन अवरुद्ध

Author Image
बिहिवार, मंसिर ७, २०८०

काठमाडौं- काठमाडौंको तीनकुने र बल्खु क्षेत्रमा सवारीसाधन अवरोध भएको छ। काठमाडौं उपत्यका ट्राफिक कार्यालयका अनुसार तीनकुनेमा युवा संघको र्‍याली र बल्खुमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानको मोटरसाइकल र्‍यालीका कारण उक्त क्षेत्रमा सवारीसाधन अवरोध भएको हो।

अन्य क्षेत्र बालाजुदेखि रत्नपार्क, कलंकी हुँदै रत्नपार्क, ललितपुर हुँदै रत्नपार्क चल्ने सवारीसाधन भने वीना अवरोध सञ्चालन भइरहेको ट्राफिक प्रहरीले जनाएको छ।

अन्य भित्री सडकमा पनि सवारी आवागमनमा कुनै समस्या नरहेको ट्राफिक प्रहरीले जनाएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले हिजो ९बुधबार० नै बिहीबार काठमाडौं उपत्यकामा अत्यावश्‍यक भए मात्र सवारीसाधन लिएर निस्कन आग्रह गरेको थियो।

प्रहरी कार्यालयले सूचना नै जारी गरी र्‍याली जुलुसका साथै विरोध प्रदर्शन गर्ने भएकाले सवारी आवागमनमा असहजता श्रृजना हुनसक्ने भन्दै सडकमा निस्कनुपूर्व १०० वा १०३ मा टेलिफोन गर्न वा ट्राफिक एफएम सुनेर सडकको अवस्थाबारे जानकारी लिएर मात्र निस्कन अनुरोध गरेको छ। अन्य दिनको भन्दा आज उपत्यकामा चल्ने सवारीसाधनको चाप पनि कम भएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 106

प्रतिक्रिया (०)

सम्बन्धित खबर