Aamsanchar

सिंहदरबार घेर्न हिँडेका प्रदर्शनकारीमाथि प्रहरीद्वारा अश्रुग्यास प्रहार

Author Image
बिहिवार, मंसिर ७, २०८०

काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईँको प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। बल्खुमा आयोजित कार्यक्रममा प्रसाईँले सम्बोधन गरेलगत्तै सिंहदरबार घेर्न भन्दै हिँडेका प्रदर्शनकारीमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो। सम्बोधनका क्रममा प्रसाईँले सिंहदरबार घेर्न सहर पस्ने उद्घोष गरेका थिए।

बल्खुबाट कालिमाटीतिर आउने क्रममा प्रदर्शनकारीमाथि अश्रग्यास प्रहार गरिएको हो। स्थिति नियन्त्रणमा लिन प्रहरीले पानीको फोहोरासमेत हानेको छ। प्रदर्शनकारीले प्रहरीमा ढुंगा प्रहार गरेपछि स्थिति तनावग्रस्त बनेको छ।

प्रहरीले स्थिति नियन्त्रण लिने प्रयास गरिरहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 98

प्रतिक्रिया (०)

सम्बन्धित खबर