Aamsanchar

पूर्व राजाद्वारा बिर्तामोड स्थित इकम कलेजको उद्घाटन, हजारौं समर्थकको उपस्थिति (फोटो फिचर सहित)

Author Image
शनिवार, मंसिर ९, २०८०

बिर्तामोड । पूर्व राजा ज्ञानेन्द्र शाहले झापाको एक कलेजको उद्घाटन गरेका छन् ।
आज (शनिवार) बिर्तामोड १ स्थित पञ्चकन्या टोलमा रहेको इकम कलेजको पूर्व राजा शाहले उद्घाटन गरेका हुन् । सोही अवसरमा प्रमुख अतिथि बनेर आएका शाहले कलेजको प्राङ्गणमा नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको पूर्णकदको सालिक पनि अनावरण गरेका छन ।

इकम कलेज होटल मेनेजमेन्ट लगायत विषयको प्राविधिक शिक्षालय हो । 

पूर्व राजाको स्वगतमा कलेजले उल्लेखनीय मानिसको उपस्थित गराएको थियो । कलेजका सञ्चालक, विद्यार्थी, कर्मचारीले नेपाली राष्ट्रिय पोशाकमा सजिएर पूर्व राजा शाहलाई स्वागत गरेका थिए ।

झापाको मेचीनगरबाट अनौपचारिक रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता, कार्यकर्ता, पू्र्व राजाका समर्थक र शुभेच्छुक गरि अनुमानित १ हजार ५०० भन्दा धेरै मोटरसाइकल र दर्जनौँ साना गाडीको र्याली मार्फत पूर्व राजा ज्ञानेन्द्र शाहलाई कार्यक्रम स्थलमा ल्याइएको थियो । कार्यक्रम स्थल परिसरमा भने अनुमानित ६ हजार भन्दा धेरै मानिसहरूको उपस्थिति रहेको थियो । पूर्व राजा सँगै राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङदेन पनि कार्यक्रममा आएका थिए । 

पूर्व राजालाई इकम कलेजको गेटमा कलेजका संस्थापकहरूले स्वागत गरेका थिए । कलेजको प्राङ्गण भित्र प्रवेश गरेपछि पूर्व राजाले कलेज उद्घाटनको शिला स्तम्भको अनावरण गरेका थिए । त्यसपछि लगत्तै आफ्ना पूर्वज वंश, नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको पूर्णकदको सालिक अनावरण गरेका थिए ।

कलेज भित्र र बाहिर पूर्व राजाको जयजयकारको नारा गुञ्जायमान भइरहेकै अवस्थामा आयोजकले कलेजको माथिल्लो तलामा तयार पारेको सिंहासन मा पूर्व राजालाई आसन ग्रहण गराइएको थियो । सिंहासन बाट नागरिकहरू तर्फ हेर्दै मन्द मुस्कानमा पूर्व राजा शाहले हात हल्लाएका थिए । पूर्व राजाले हात हल्लाउँदा मासबाट राजाको नाममा जयजयकारको स्वर गुञ्जायमान भएको थियो ।

कार्यक्रममा कलेजका संस्थापक  एवम् सिइओ आलोक कार्कीले स्वागत मन्तव्य राखेका थिए ।

करिव एक घण्टा आयोजना भएको औपचारिक कार्यक्रममा कलेजकी विद्यार्थी प्रेरणा ओलीले स्वदेश गान गायकी थिइन । त्यसैगरी लोकभाका, शास्त्रीय गीतमा विद्यार्थीहरूले नृत्य प्रस्तुत गरेका थिए ।
कलेजमा अध्ययनरत विद्यार्थी उत्सव बुढाथोकीले बनाएको पूर्वराजाको चित्र (तस्वीर) पूर्व राजालाई हस्तान्तरण गरिएको छ । चित्रकार उत्सव बुढाथोकीले नै पूर्वराजालाई चित्र हस्तान्तरण गरेका थिए । चित्र हेरे पछि पूर्व राजाले उत्सव बुढाथोकीको कलाकारितालाई प्रशंसा गरेका थिए ।

कलेजका संस्थापक तथा निर्देशक निर्मल निरौलाले पूर्व राजा कलेजमा आगमन भएको सम्झनाको लागि पूर्व राजाको हस्ताक्षरका लागि पूर्व राजा सँग आग्रह गरेका थिए । निर्देशक निरौलाको आग्रहलाई स्वीकार गरेर पूर्व राजा ज्ञानेन्द्र शाहले हस्ताक्षर गरेका पछि पछि निर्देशक निरौलाले धन्यवाद सहित कार्यक्रम समापन भएको घोषणा गरेका थिए । औपचारिक कार्यक्रमको सञ्चालन कलेजका शिक्षक बालकृष्ण दाहालले गरेका थिए ।  

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
1
+1
0
+1
0
+1
0
+1
2
+1
0
Views: 80

प्रतिक्रिया (०)

सम्बन्धित खबर