![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/InShot_20231127_084753740.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/08/golary.png)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
काठमाण्डौ – मानसिक स्वास्थ्य सेवामा सबैको समान पहुँच पुर्याउनका लागि भन्दै सरकारले मानसिक स्वास्थ्य उपचार सेवा नभएका १४ जिल्लामा सेवा शुरु गरेको छ ।
स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा मनोचिकित्सक नभएका हरेक प्रदेशका दुईरदुई जिल्लामा मनोचिकित्सक पठाएर मानसिक स्वास्थ्य सेवा शुरु गरेको हो ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
महाशाखाको नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखाका प्रमुख डाक्टर फणिन्द्रप्रसाद बरालले मनोचिकित्सक नपुगेका जिल्लामा मानसिक स्वास्थ्य सेवा पुर्याउनका लागि मनोचिकित्सक पठाएर उपचार सेवा शुरु गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार कोशी प्रदेशको पाँचथर र भोजपुर, मधेस प्रदेशमा महोत्तरी र रौतहट, बाग्मती प्रदेशको सिन्धुपाञ्चोक र रसुवा, गण्डकी प्रदेशको लमजुङ र म्याग्दी, लुम्बिनीको बर्दिया र रुकुम पूर्व, कर्णालीको दैलेख र कालीकोट तथा सुदूरपश्चिम प्रदेशको बैतडी र बझाङ जिल्लामा मनोचिकित्सकसहितको टोली परिचालन गरिएको छ ।
मनोचिकित्सकको टोली परिचालनसँगै अब यी जिल्लाका मानसिक रोगीले उपचारका लागि अरु ठाउँ धाउनु नपर्ने उहाँले बताउनुभयो । मनोचिकित्सकले त्यहाँ रहेका स्वास्थ्यकर्मीको सहयोगमा उपचार गर्ने छन् । बिरामीले निःशुल्क औषधि पाउने छन् । शाखाले ती जिल्लामा रहेका स्वास्थ्यकर्मीलाई मानसिक स्वास्थ्यसम्बन्धी तालिम समेत दिएको छ ।
मनोचिकित्सक नभएका अरु जिल्लामा पनि सेवा विस्तार गर्ने सरकारको तयारी छ । राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण–सन् २०२० मा गरिएको अध्ययनमा सय जनामध्ये १० जनामा कुनै न कुनै प्रकारका मानसिक समस्या रहेको पाइएको थियो ।
विश्व स्वास्थ्य सङ्गठनको सन् २०१८ को तथ्याङ्कअनुसार नेपालमा बहिरङ्ग विभागमा आएका बिरामीमध्ये पाँच प्रतिशत बिरामीमा मानसिक स्वास्थ्य समस्या रहेको छ । यस्तै, नेपाल प्रहरीको प्रतिवेदन अनुसार मानसिक स्वास्थ्य समस्याका कारण दैनिक १८ देखि १९ जनाले आत्महत्या गर्ने गरेको पाइएको छ ।