Aamsanchar

काठमाण्डौमा पैदलयात्रु आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि सञ्चालनमा

Author Image
सोमवार, मंसिर ११, २०८०

काठमाण्डौ – काठमाण्डौको बबरमहलमा पैदलयात्रु आफैँले बटनथिचेर ट्राफिक लाइट बाल्ने प्रविधि सञ्चालनमा आएको छ ।

बबरमहलमा रहेको जिल्ला अदालत अगाडिको सडकमा १० लाख रुपैयाँ लागतमा पैदलयात्रु आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधिको क्रसिङ राखिएको हो । ‘पेलिकन क्रसिङ’ भनिने यस प्रकारको ट्राफिक लाइट आजदेखि सञ्चालनमा ल्याइएको हो ।

काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले बटन थिचेपछि ५ सेकेण्डमा हरियो बत्ती बल्ने र तोकिएको ३० सेकेण्डभित्र पैदलयात्रुले बाटो पार गरिसक्नुपर्ने बताउनु भयो । उहाँले प्रयोग गर्न नजानेको अवस्थामा दुर्घटना बढ्ने र प्रयोग गर्न जान्दा राम्रो हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘काठमाण्डौ महानगरपालिकाद्वारा आम नागरिकका लागि ट्राफिक लाइट राखिएको हो । त्यो थिचेपछि ५ सेकेण्ड कुुर्नुपर्छ, त्यो कुरेपछि पैदलयात्रुका लागि हरियो बत्ती बल्छ। ३० देखि ३५ सेकेण्ड तोकिएको समयमा सडक पार गरिसक्नुपर्छ । यो उपयुक्त छ तर यसलाई प्रयोग गर्न नजानेको अवस्थामा दुर्घटना बढ्छ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 86

प्रतिक्रिया (०)

सम्बन्धित खबर