Aamsanchar

‘सहारा सिङगिङ  आइकन’ को ग्रान्ड फिनाले भोलि

Author Image
सोमवार, मंसिर ११, २०८०

चारपाने।  विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजित गायन प्रतियोगिता ‘सहारा सिङगिङ  आइकन’ को ग्रान्ड फिनाले भोलि  मंगलबार हुँदैछ । कार्यक्रम बिर्तामोड –२ चारपानेस्थित सहारा नेपालको सभाहलमा हुन लागेको हो ।

वीरता लेडी जेसिजले आयोजना गरेको प्रतियोगिताको आज अडिसन सम्पन्न भएको छ । अडिसनमा सहभागी ३८ जना प्रतियोगीबाट ११ जना ग्रान्ड फिनालेका लागि छानिएको वीरता लेडी जेसिजकी अध्यक्ष संगीता गिरीले जानकारी दिइन् ।

सहारा नेपाल साकोसले कार्यक्रमको प्रायोजन गरेको जेसीजकी महासचिव जेसी निशा शाक्यले जानकारी दिइन् । जेसी संगीता  गिरीको अध्यक्षता र बरिष्ठ गीतकार शिवशंकर थापाको प्रमुख आतिथ्यमा अडिसन सम्पन्न भएको थियो ।

सिङगिङ  आइकनको निर्णयकमा संगीत साधना केन्द्र सुरुङ्गाकी प्रशिक्षक तुलसा पाठक र सनलाइट म्युजिकका प्रबन्धक जोनी तामाङ रहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 162

प्रतिक्रिया (०)

सम्बन्धित खबर