Aamsanchar

काठमाडौंका सडक तथा नदी किनारमा आगो बाल्न निषेध, नटेरे १५ हजार जरिवाना

Author Image
मङ्गलवार, मंसिर १२, २०८०

काठमाडौं – काठमाडौं महानगरपालिकाले सडक तथा नदी किनारमा आगो बाल्न निषेध गर्दै चेतावनी दिएको छ । सडक तथा नदी किनारामा आगो बाल्दा वायु प्रदुषण बढ्ने भन्दै महानगरपालिकाले आगो बाल्न निषेध गरेको हो । अटेर गरेमा पहिलो पटकमा पाँच सयदेखि १५ हजार रुपियाँसम्म जरिवाना तिर्न लगाइने महानगरपालिकाको चेतावनी छ ।

जाडो मौसममा सडक तथा नदी किनारामा फोहोर जम्मा गरेर आगो बाल्दा वायु प्रदूषण बढ्ने भन्दै महानगरपालिकाले यस्तो निर्णय गरेको जनाएको छ ।

पटक पटक कारवाहीमा पर्नेलाई महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले एक लाख रुपैयाँसम्म जरिवाना तिराउने चेतावनी पनि दिएको छ ।

नदी किनारमा बस्नेले तथा सडक बालबालिकाले जाडोयाम शरु भएपछि फोहोर थुपारेर रातभर आगो बाल्ने गरेको र त्यसबाट वायु प्रदूषण बढ्दा श्वासप्रश्वासको समस्या बढ्ने गरेको तथ्यांकको आधारमा आगो बाल्न निषेध गरिएको विभागले स्पष्ट पारेको छ ।

विष्णुमती, वागमती, धोविखोला, मनोहरालगायतका नदी तथा खोलाका पुलमुनिका सडक किनाराहरुमा विशेष निगरानी र अनुगमन शुरू गरेको पनि महानगरपालिकाले जनाएको छ । विभागले खोला किनारका सडकहरुको सफाइ पनि थालेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 47

प्रतिक्रिया (०)

सम्बन्धित खबर