Aamsanchar

सांसद महराको पसलबाट धनमाल चोरी

Author Image
मङ्गलवार, मंसिर १२, २०८०

काठमाण्डौ – राष्ट्रिय सभाका सांसद महेशकुमार महराको पसलबाट धनमाल चोरी भएको छ । काठमाण्डौ महानगरपालिका घट्टेकुलोमा रहेको महराको पसलबाट केही धनमाल चोरी भएको प्रहरीले जनाएको हो ।

आज बिहान घट्टेकुलोमा रहेको पसलको सटर खोल्ने क्रममा उहाँकी श्रीमतीले पसलअगाडि राख्नुभएको सुनको सिक्री, मोबाइलसहितको झोला अपरिचत व्यक्तिले चोरी गरी लगेको सांसद महराले जानकारी दिनुभयो।

´पसलको एउटा सटर खोलेर अर्को सटर खोल्ने क्रममा भुइँमा राखेको झोला अपरिचित व्यक्तिले तत्कालै उठाएर भागेको देखिएको छु उहाँले भन्नुभयो ।

घटनाका बारेमा प्रहरीले सीसी टीभी फुटेजका आधारमा अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 48

प्रतिक्रिया (०)

सम्बन्धित खबर