Aamsanchar

झापामा पिकअप र सिटी सफारी ठोकिँदा एक जनाको ज्यान गयाे, तीन घाइते

Author Image
मङ्गलवार, मंसिर १२, २०८०

झापा – झापाको गौरादहमा पिकअप र सिटी सफारी ठोकिँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी तीन जना घाइते भएका छन्।गौरादह नगरपालिकास्थित कार्की चोकमा मंगलबार बेल्ला पानीको अस्थायी नम्बर ना अ प स २५३ नम्बरको पिकअप (रिफर भ्यान) र गौरादह नगरपालिका ई ५३ नम्बरको सिटी सफारी एक आपसमा ठोकिँदा दुर्घटना भएको थियो।

दुर्घटनामा परी सिटी चालक गौरादह-२ निवासी अन्दाजी ५० वर्षीय रघुनाथ काफ्लेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

दुर्घटनामा सिटीमा सवार गौरादह-३ निवासी ५५ वर्षीया रमा नेपाल र सोही ठाउँकी ४४ वर्षीया मेनुका भण्डारी घाइते भएका छन्। त्यस्तै पिकअप चालक गौरीगञ्ज बस्ने राजेश दास पनि घाइते भएका छन्।

घाइतेहरूको दमकमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुवै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
2
Views: 118

प्रतिक्रिया (०)

सम्बन्धित खबर