Aamsanchar

एमालेले सुरु गर्‍यो ‘झुलाघाट-चिवा भञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’

Author Image
बिहिवार, मंसिर १४, २०८०

धनगढी – नेकपा एमालेको बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभन्ज्याङ सङ्कल्प यात्रा सुरु भएको छ । यात्राको लागि बुधबार नै नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसहित एमाले नेताहरू बैतडी पुगेका हुन् ।अध्यक्ष ओलीले आज नेपाल–भारतको सीमावर्ती बजार झुलाघाटबाट नेपालको राष्ट्रिय झण्डोत्तोलन गरेर यात्राको उद्घाटन गरेका हुन् । पार्टी अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, रामबहादुर थापा, महासचिव शंकर पोखरेलसहितका सबै पदाधिकारी र केन्द्रीय स्तरका अन्य नेताहरू बुधबार साँझ नै सदरमुकाम गोठलापानी आइपुगेका छन् ।

नेकपा एमाले सुदूरपश्चिम अध्यक्ष कृष्ण प्रसाद जैशीका अनुसार झुलाघाटबाट सुरु भएको सङ्कल्प यात्रा मध्य पहाडी लोक मार्गमा तीन सातासम्म चल्नेछ । पुष्पलाल राजमार्ग नामकरण गरिएको मध्य पहाडी राजमार्गको लम्बाइ करिब एक हजार ८७९ किलोमिटर रहेको छ । पुस २ गते पाँचथरको चिवा झञ्ज्याङमा पुगेर यात्रा समापन हुने सुदूरपश्चिम अध्यक्ष जैशीले जानकारी दिए ।

यस यात्राले मुलुकको समृद्धिको नयाँ पाटाहरू पहिचान हुने दाबी गरिएको छ । सबै ठाउँका जनतालाई भेट्ने, राजमार्गले पार्ने प्रभावका विषयमा जानकारी दिने र प्रेरित गर्ने, मौलिक उत्पादनको बजारीकरण गर्ने, जिल्लाका व्यापारिक ठाउँहरूको सम्भावना भएको क्षेत्रहरूमा विकास र समृद्धिबारे बहस गरिने भएको छ ।

यसैबीच प्रत्येक जिल्लामा एउटा ठूलो सभाको आयोजना गर्ने र त्यसबाट जनतालाई मध्य पहाडी राजमार्गको महत्व र सान्दर्भिकता दर्साउने बताइएको छ ।

मध्य पहाडी लोकमार्ग

करिब २६ वटा पहाडी जिल्लालाई सडक सञ्जालले जोड्ने लक्ष्यसहित पुष्पलाल (मध्यपहाड)लोकमार्ग नामकरण गरी सरकारले निर्माणको कार्य अगाडि बढेको छ । तर निर्माणको कार्यले सार्थकता पाउन सकेको छैन ।

आयोजना सुरु गर्दा सुरुमा एक हजार ७७६ किलोमिटर अनुमान गरिएको थियो । पछि एक हजार ८७९ किलोमिटर पु¥याएको थियो ।

तत्कालीन अर्थमन्त्री बाबुराम भट्टराईले २०६४÷६५ मा तराईको महेन्द्रराजमार्ग र हुलाकी राजमार्ग जस्तै मध्य पहाडी भूभागलाई राजमार्गले पूर्व–पश्चिम जोड्ने उद्देश्यले पहिलो पटक मध्यपहाडी (पुष्पलाल) लोकमार्गको रेखाङकन गरि बजेट विनियोजन गरेका थिए । भट्टराई नै २०६८ मा प्रधानमन्त्री भएका बेला उक्त लोकमार्गलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेका थिए ।

पहाडका २६ जिल्ला भएर जाने राजमार्गले करिब १ करोड जनसंख्या लाभान्वित हुने अनुमान गरिएको छ । साथै पहाडी क्षेत्र १० वटा शहरको विकास हुने र यहाँबाट अन्यत्र बसाइ सरेर जाने क्रममा रोकिने बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 91

प्रतिक्रिया (०)

सम्बन्धित खबर