Aamsanchar

मोटरसाइकल सडकबाट १० मिटर तल खस्दा श्रीमती र छोरी गुमाएका युवककाे पनि मृ*त्यु

Author Image
बिहिवार, मंसिर १४, २०८०

झापा – मकवानपुरमा बिहीबार भएको मोटरसाइकल दुर्घटनामा श्रीमती र छोरी गुमाएका श्रीमानको पनि मृत्यु भएको छ।

मकवानपुरको गढी गाउँपालिका-२ कुर्लेपाखा बस्ने ३५ वर्षीय भीमबहादुर स्याङ्तानको उपचारका लागि चितवन लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

टाउकोमा चोट लागेर गम्भीर घाइते भएका स्याङ्तानलाई चितवन लैजाँदै गर्दा बाटोमै मृत्यु भएपछि आफन्तले फिर्ता ल्याएको डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए। उनीहरुले फर्काएर हेटौंडा अस्पताल नै ल्याएपछि डाक्टरहरूले अपरान्ह ४स्२० मा मृत घोषणा गरेको भण्डारीले बताए।

स्याङ्तानले चलाएको मोटरसाइकल आज बिहीबार दिउँसो गढी गाउँपालिका-२ धवाडीपुलमा दुर्घटना हुँदा उनकी ३४ वर्षीया श्रीमती रुपा स्याङ्तान र ४–५ महिने छोरीको घटनास्थलमै मृत्यु भएको थियो।

अहिले तिनै जनाको शव हेटौंडा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।​ सुकौराबाट कान्तिलोकपथतर्फ आउँदै गरेको प्रदेश ३–०२–०१२ प ६९११ नम्बरको मोटरसाइकल सडकबाट अनियन्त्रित भई १०/१२ मिटर तल खसेको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2
Views: 145

प्रतिक्रिया (०)

सम्बन्धित खबर