Aamsanchar

विद्युतीय पोलमा चढेर तार तान्ने क्रममा कामदारको मृ*त्यु

Author Image
शुक्रवार, मंसिर १५, २०८०

गुलरिया – बर्दियाको राजापुर नगरपालिका-८ स्थित कोइली गाउँमा विद्युतीय पोलमा चढेर तार तान्ने क्रममा कामदारको मृत्यु भएको छ। ठेकेदारमार्फत काम गरिरहेका कञ्चनपुर निवासी १९ वर्षीय अभिषेक रानाको पोलबाट लडेर मृत्यु भएको हो।

एक निजी विद्यालयको बस गुड्ने क्रममा भुईँमा लत्रिएको तार इन्जिनमा फसेर तानिएपछि पोलबाट खसेका रानाको बुधबार मृत्यु भएको नेपाल विद्युत प्राधिकरण राजापुर वितरण केन्द्रका प्रमुख अनिल चौधरीले जानकारी दिए।

बस प्रहरी नियन्त्रणमा रहेकोले अनुसन्धान भइरहेको बुझिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 95

प्रतिक्रिया (०)

सम्बन्धित खबर